• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुभारम्भ



जनकपुर । युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुरुभएको छ । कार्यक्रमको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव , नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र युएसएआईडी(नेपालकी प्रमुख सेपिडे केभान्शाडले संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको छ ।
दुई करोड अमेरिकी डलर ९करिब २ अर्ब ६२ करोड रुपैयाँ० बजेटसहितको उक्त पाँच(वर्षे कार्यक्रमले नेपालका मधेस र लुम्बिनी प्रदेशहरूमा सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउनेछ ।

यस क्रियाकलापमार्फत युएसएआईडी र नेपाल सरकारले राष्‍ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीहरूलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्नेछन् । उक्त कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरहरूसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो ।

कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले भन्नुभयो, “लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् र नागरिकले आफ्ना नेताहरूको ध्येय र सीमा बुझ्छन् । पारदर्शिता र समुदायको पैसाको सङ्कलन, लगानी र खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाजको दुरुस्त सञ्चालनमा महत्त्वपूर्ण हुन्छ ।”

त्यसै गरी, युएसएआईडी(नेपालकी प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो, “हामी पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकताहरूलाई प्राथमिकतामा राखुन् भन्ने चाहन्छौँ । यसमा महिलाहरूको सीपमूलक तालिम, व्यवसायका अवसरहरू र किशोरी तथा आमाहरूका निम्ति शिक्षा र स्वास्थ्य कार्यक्रमहरू पर्दछन् ।” उहाँले मधेस प्रदेशका अधिकारीहरू र युएसएआईडीबिचको सहकार्य र साझेदारीमाथि प्रकाश पार्नुका साथै उपर्युक्त क्रियाकलापको सह(निर्माणमा मुख्यमन्त्री, प्रमुख सचिव र अर्थ सचिवको सहयोग र प्रतिबद्धताप्रति सम्मान पनि व्यक्त गर्नुभयो ।

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापले प्रदेश सरकारका प्राथमिकताहरू पहिल्याउन प्रान्तीय सरोकारवालाहरूसँग गरिएका परामर्शको शृङ्खलाको समापनको इङ्गित गर्दछ । तीनै तहका सरकारका सम्बन्धित सरोकारवालाहरूले उक्त क्रियाकलापअन्तर्गत पहिलो वर्ष चालिने कदमहरूबारे छलफल गरेका थिए, जसले बजेटमा लैङ्गिक उत्तरदायित्वलाई समाहित गर्नेछन् र अझ बढी समावेशी र समतामूलक समाजमा योगदान पुर्‍याउनेछन् ।

अमेरिका र नेपालका सरकारहरूबिचको यो संयुक्त क्रियाकलाप हाम्रा दुई देशबिचको ७५ वर्षभन्दा बढीको मित्रतामा आधारित छ । यसले महिला र अन्य सीमान्तकृत समुदायहरूको समावेशीकरणमा केन्द्रित हुँदै वित्तीय सङ्घीयतालाई जनताको पक्षमा काम गर्ने बनाउन नेपाललाई सहयोग पुर्‍याउनेछ ।

नेपालमा यो क्रियाकलापको कार्यान्वयन निजी क्षेत्रका कम्पनीहरू डेलोइट र डब्लुएसपी ले जर्जिया स्टेट युनिभर्सिटी र नीति फाउन्डेसनसँग मिलेर गर्नेछन् ।