४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो एन्टिभाइरस कम्प्युटर सफ्टवेयर निर्माता जोन म्याकाफी स्पेनको जेलमा मृत फेला



अ+ अ-

एजेन्सी । एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन्। स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्।

क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ। एक विज्ञप्तिमा विभागले "सबै कुराले" म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ।

पहिलो एन्टिभाइरस सफ्टवेयर निर्माता
प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो। म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो। पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो।

सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो। उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको थियो।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभाइ र अन्यको नाममा रहेको ब्याङ्क खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो।

विवादास्पद छवि
विलासी डुङ्गा र जग्गाजमिन पनि अरूको नाममा राखेर लुकाएको आरोप उनीमाथि थियो। स्पेनको राष्ट्रिय अदालतले बुधवार बिहान उनलाई अमेरिकालाई सुपुर्दगी गर्न स्वीकृति दिएको थियो।

हालैका वर्षमा म्याकाफीले आफूलाई राजनीतिक कारणले पक्राउ गर्ने प्रयास गरिएको दाबी गरे पनि अदालतले यस्तो कुनै प्रमाण नरहेको बताएको स्पेनको पत्रिकाले जनाएको छ।

उनले सन् २०१६ र सन् २०२० मा लिबेटारीयन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने असफल प्रयास गरेका थिए। इङ्गल्यान्डमा जन्मिएका म्याकाफी सन् १९८० को दशकमा एन्टिभाइरस निर्माण गरेर चर्चामा आएका थिए।

कम्प्युटर सुरक्षामा अग्रणी भए पनि उनले एक पटक बीबीसीलाई आफूले कहिल्यै कुनै पनि एन्टिभाइरस प्रयोग नगरेको बताएका थिए।

"कर गैरकानुनी भएको" दाबी
सन् २०१३ मा उनले आफू भाइरस सार्न सक्ने साइटमा नजाने गरेको बताएका थिए। "उदाहरणको लागि म पोर्न साइटमा जान्न," उनले भनेका थिए।

सन् २०१९ मा म्याकाफीले आफूले आठ वर्षदेखि कर नतिरेको बताउँदै कर गैरकानुनी भएको ट्वीट गरेका थिए। सोही वर्ष उनलाई डोमिनिकन गणतन्त्रमा गैरकानुनी रूपमा हतियार भित्र्याउन खोजेको आरोपमा केही समयमा लागि गिरफ्तार गरिएको थियो।