५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पहिलो एन्टिभाइरस कम्प्युटर सफ्टवेयर निर्माता जोन म्याकाफी स्पेनको जेलमा मृत फेला

पहिलो एन्टिभाइरस कम्प्युटर सफ्टवेयर निर्माता जोन म्याकाफी स्पेनको जेलमा मृत फेला
अ+ अ-

एजेन्सी । एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन्। स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्।

क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ। एक विज्ञप्तिमा विभागले "सबै कुराले" म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ।

पहिलो एन्टिभाइरस सफ्टवेयर निर्माता
प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो। म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो। पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो।

सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो। उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको थियो।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभाइ र अन्यको नाममा रहेको ब्याङ्क खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो।

विवादास्पद छवि
विलासी डुङ्गा र जग्गाजमिन पनि अरूको नाममा राखेर लुकाएको आरोप उनीमाथि थियो। स्पेनको राष्ट्रिय अदालतले बुधवार बिहान उनलाई अमेरिकालाई सुपुर्दगी गर्न स्वीकृति दिएको थियो।

हालैका वर्षमा म्याकाफीले आफूलाई राजनीतिक कारणले पक्राउ गर्ने प्रयास गरिएको दाबी गरे पनि अदालतले यस्तो कुनै प्रमाण नरहेको बताएको स्पेनको पत्रिकाले जनाएको छ।

उनले सन् २०१६ र सन् २०२० मा लिबेटारीयन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने असफल प्रयास गरेका थिए। इङ्गल्यान्डमा जन्मिएका म्याकाफी सन् १९८० को दशकमा एन्टिभाइरस निर्माण गरेर चर्चामा आएका थिए।

कम्प्युटर सुरक्षामा अग्रणी भए पनि उनले एक पटक बीबीसीलाई आफूले कहिल्यै कुनै पनि एन्टिभाइरस प्रयोग नगरेको बताएका थिए।

"कर गैरकानुनी भएको" दाबी
सन् २०१३ मा उनले आफू भाइरस सार्न सक्ने साइटमा नजाने गरेको बताएका थिए। "उदाहरणको लागि म पोर्न साइटमा जान्न," उनले भनेका थिए।

सन् २०१९ मा म्याकाफीले आफूले आठ वर्षदेखि कर नतिरेको बताउँदै कर गैरकानुनी भएको ट्वीट गरेका थिए। सोही वर्ष उनलाई डोमिनिकन गणतन्त्रमा गैरकानुनी रूपमा हतियार भित्र्याउन खोजेको आरोपमा केही समयमा लागि गिरफ्तार गरिएको थियो।