१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सातौँ पटक मन्त्रिमण्डल पुनर्गठन: मन्त्रीहरुको यस्तो छ कार्यविभाजन

सातौँ पटक मन्त्रिमण्डल पुनर्गठन:  मन्त्रीहरुको यस्तो छ कार्यविभाजन
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो मन्त्रिमण्डल पुनर्गठन गर्दै हुनुहुन्छ ।

नयाँ मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री बन्नुहुनेछ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्दै हुनुहुन्छ ।

त्यस्तै नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरुङ शहरी विकासमन्त्री हुनुहुनेछ । कांग्रेसको भागमा ८ वटा मन्त्रालय परे पनि पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टी सभापति शेरबहादुर देउवाले अहिले चार जनाको मन्त्रीको नाम मात्र पठाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट ऊर्जा, जलस्रोत तगा सिँचाइ मन्त्रालयको कार्यभार शक्ति बस्नेतले सम्हाल्नुहुनेछ । त्यस्तै यसअघि नै मन्त्री भइसक्नुभएका रेखा शर्मालाई पुरानै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सुम्पिएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष डा बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यायायातमन्त्री बन्नुहुनेछ ।

जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाउनु हुनेछ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बन्नुहुनेछ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुहुनेछ ।