२२ मंसिर २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौँ पटक मन्त्रिमण्डल पुनर्गठन: मन्त्रीहरुको यस्तो छ कार्यविभाजन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो मन्त्रिमण्डल पुनर्गठन गर्दै हुनुहुन्छ ।

नयाँ मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री बन्नुहुनेछ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्दै हुनुहुन्छ ।

त्यस्तै नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरुङ शहरी विकासमन्त्री हुनुहुनेछ । कांग्रेसको भागमा ८ वटा मन्त्रालय परे पनि पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टी सभापति शेरबहादुर देउवाले अहिले चार जनाको मन्त्रीको नाम मात्र पठाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट ऊर्जा, जलस्रोत तगा सिँचाइ मन्त्रालयको कार्यभार शक्ति बस्नेतले सम्हाल्नुहुनेछ । त्यस्तै यसअघि नै मन्त्री भइसक्नुभएका रेखा शर्मालाई पुरानै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सुम्पिएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष डा बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यायायातमन्त्री बन्नुहुनेछ ।

जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाउनु हुनेछ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बन्नुहुनेछ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुहुनेछ ।