२४ श्रावण २०८३, आईतवार
,
Latest
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत कांग्रेस केन्द्रीय समिति बैठक : १५औँ महाधिवेशनदेखि तराई–मधेशको घटनाक्रमसम्म छलफल बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः अष्ट्रेलियाका स्टीभ स्मिथ पहिलोपटक ब्याटको सट्टा माइक समाउँदै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबाबाट सुरु हुँदैछ । उद्घाटन समारोह साँझ ६ः१५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

यसपछि साँझ ७ः४५ बजेदेखि साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

यसैबीच, आईपीएलमा पहिलो पटक पञ्जाबी, उडिया र भोजपुरी भाषामा कमेन्ट्री हुनेछ । स्टार स्पोर्ट्सले हिन्दी, अङ्ग्रेजीलगायत ९ भाषामा कमेन्ट्री दिनेछ । साथै, यो खेल जियो सिनेमामा १२ भाषामा प्रसारण हुनेछ ।

धेरै दिग्गज क्रिकेटरहरू आईपीएलमा धेरै भाषाहरूमा कमेन्टरीका लागि जियो र स्टार स्पोर्ट्समा डेब्यू गर्नेछन् । जसमा मुरली विजय, एस श्रीसान्त, युसुफ पठान, मिताली राज र अष्ट्रेलियाका पूर्व कप्तान आरोन फिन्च र अस्ट्रेलियाली क्रिकेटर स्टिभ स्मिथ रहेका छन् ।

स्टारले सुनिल गावस्कर, ज्याक कालिस, केभिन पिटरसन, म्याथ्यू हेडन, आरोन फिन्च, टम मुडी, पल कलिङवुड, ड्यानियल भेट्टोरी, ड्यानी मोरिसन, स्टिभ स्मिथ र डेभिड हसीलाई इंग्लिस प्यानलमा समावेश गरेका छन् । आईपीएलमा पहिलो आरोन फिन्च र स्टिभ स्मिथ ब्याटको सट्टा माइक समात्दै गरेको देख्न सकिनेछ ।

आईपीएलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने क्रिस गेल जियो सिनेमाको इंग्लिस कमेन्टरी प्यानलमा परेका छन् । उनीबाहेक आईपीएलमा आफ्नो खेलको जादू देखाइसकेका एबी डिभिलियर्स, इयोन मोर्गन, ब्रेट लीलाई पनि इंग्लिस कमेन्टरी प्यानलमा समावेश गरिएको छ । साथै प्यानलमा ग्रीम स्वान, ग्रीम स्मिथ, स्कट स्टाइरिस, सञ्जना गणेशन, सुप्रिया सिंह, सुहेल चन्दोक पनि परेका छन् ।