९ मंसिर २०८१, आईतवार
,
Latest
फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्वः खानेपानीमन्त्री दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिदै प्रधानमन्त्री भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट प्रतितोला १ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावल नसचिए पार्टीले उचित निर्णय लिन्छ: उपाध्यक्ष पौडेल



अ+ अ-

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भीम रावलले एकपछि अर्को गल्ति गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका हुन् ।

भीम रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको बताउदै आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने उपाध्यक्ष पौडेलले सुझाए ।

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ ।’, उपाध्यक्ष पौडेलले भने, ‘उहाँले पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’