३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विन्ध्यवासिनीमा भक्तजनको घुइँचो



अ+ अ-

पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिरमा लाइनमा बस्न नसक्नेहरुले बाहिरबाटै दर्शन तथा टीका ग्रहण गरिरहेका जानकारी दिँदै उक्त समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैते दसैँको अवसर पारी टाढाटाढाबाट आएका भक्तजनले श्रद्धापूर्वक दर्शन गरिरहेको उल्लेख गर्नुभयोे ।

पछिल्लो समय भारतीय भक्तजनको सङ्ख्या बढेको र उनीहरु विन्ध्यवासिनी मन्दिर दर्शन गरेर मुक्तिनाथसम्म पुग्ने गरेका छन् । अधिकारीका अनुसार बिहीबार रामनवमी दिन बिहान ८ देखि ११ बजेसम्म मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ ।

विन्ध्यवासिनीसँगै तालबाराही, भद्रकाली, लामाचौरको अकला मन्दिरलगायत धार्मिकस्थलमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।