३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गर्‍यो म्याद सकिएका सबै भ्रातृ संगठन विघटन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने भएको छ । 

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको हो । 

आजको निर्णयाअनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग हुने भएका छन् भन कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् ।

यस्तै, बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान पारित गर्दै नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागु गराएको छ भने तरुण दलमा ४५ वर्षको उमेर हद लगाएको छ ।

कांग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।