२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठक निष्कर्षविहीन



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक विना निष्कर्ष टुंगिएको छ । मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी सत्ता साझेदार दलहरुबीच बैठक बसेको थियो । बैठक विना निष्कर्ष टुंगिए पनि आजै बेलुका ३ बजे पुन: बस्ने गरी बालुवाटारबाट नेताहरु बाहिरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरु बालुवाटारबाट निस्किए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ‘वान टु वान’ वार्ता गरिरहनुभएको छ ।

मंगलबार कांग्रेसले ८, जसपा र एकीकृत समाजवादीदे ३–३ मन्त्रालय पाउनुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले उहाँसँग एक्लै वार्ता गर्न लाग्नुभएको बताइएको छ ।

एकीकृत समाजवादीले रोजेको ३ मन्त्रालय, एउटा प्रदेशमा सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता हुनुपर्ने अडान राखेको बताइएको छ ।