४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मेरो श्रीमानको बिहे ! (अडियो सहित)

मेरो श्रीमानको बिहे ! (अडियो सहित)
अ+ अ-

‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग भनेका थिए ।

पण्डितको कुरो सुनेपछि मेरी आमाको अनुहार एकाएक अँध्यारो भएको थियो ।

‘ए… त्यै भएर पो यसरी बिरामी पर्दिरहिछे ।’ आमाले चिन्तित मुद्रामा मतिर दृष्टि पुर्याउँदै भन्नुभयो ।

 ‘आ… यो रोबोटको युगमा यस्ता कुरामा कसले विश्वास गर्छ ? मानिसहरू कहिले बिरामी पदर्नैन् र ? मलाई  पनि

बेला–बेलामा रोगले सताउँछ तर डाक्टरलाई जँचाएर औषधि उपचार गर्यो भने ठीक भइहाल्छ ।’ आमाको करले गर्दा पण्डितलाई चिना देखाउन राजी भएकी मैले उनले भनेको कुराप्रति अनास्था पक्रट गर्दै भने ।

‘तैँले त विश्वास गदिर्नस् तर हामीले त परम्परादेखि मान्दैआएको रीतिलाई अझै पनि मान्दै आएकाछौँ । मलाई त पण्डितजीले भन्नभुएको कुरामा विश्वास लाग्यो । हुन पनि हिजोआज तँलाई बारम्बार एउटा न एउटा रोगले सताइरहेको छ ।’ मेरी आमाले पण्डितले भनेको कुरामा सही थाप्दै भन्नुभयो ।

‘तपाइर्हंरूले यस विषयमा  राम्रोसगँ घरसल्लाह  गरेर खबर गर्नुहोला । मैले उहाँको चिना हेरे र जस्तो देखेँ त्येस्तै भनेँ । आफ्नो तर्फ़बाट उपाय पनि भनिदिएँ । अब यो कुरा मान्ने नमान्ने तपाइर्हंरूको इच्छा । अहिलेलाई म बिदा भएँ’  भन्दै पण्डित बिदा भएर गएका थिए ।

‘ए छोरी ! तेरो बुद्धि के भएको हो ! यतिका पढेगुनेको मान्छे भएर पनि आफ्नो हित–अहित हुने कुराको मेसो नपाउने । हेर, मैले भनिदिया’छु तेरो चिनोमा सौतेनी ग्रह लेखेको छ भने त्यो भएरै छोड्छ । भएन, जुवाइँको चिउँडो पनि दुईवटा देखिन्छ । त्यस्ता दुईवटा चिउँडो हुने मानिसको दुईवटी श्रीमती हुन्छन् भन्ने ठीकै रहेछ । चिनोले पनि त्यही देखायो ।’ पण्डित गइसकेपछि मेरी आमाले आफ्ना मनमा उठेका भावना व्यक्त गर्नु भयो ।

‘आमाले पनि कुन युगको कुरा गनर्भुएको होला ? अहिले आइमाइ मान्छेले चाहे भने आफूलाई लोग्नेमान्छे र लोग्नेमान्छे आइमाईमा परिवर्तित हुन सक्छन, सात समुद्र पारिबसेको मान्छेले एक–अर्काको  अनुहार हेर्दै बात मार्न सक्छन् ।

तपाई भने अझै पनि ‘चिनामा लेखेको छ’ भन्दै उही रूढिवादी रीतिथिति मान्न छोड्नुभएको छैन । यसो गरेर पनि संसार चल्छ र ?’

आमाको कुराको प्रतिवाद गर्दै  मैले भने ।

मेरो कुरा सुनेर आमाले कुनै उत्तर दिनु भएन, तर आमाको अनुहार हेर्दा उहाँले मेरो कुरा मन नपराएको स्पष्टसँग देखिन्थ्यो ।

‘के हो ! पण्डितले त मलाई  दोस्रो विवाह  गनुपर्छ भने अरे हो ?’ राति काेठामा पस्नासाथ मेरो श्रीमान्ले मुस्कराउँदै मसँग प्रश्न गर्नुभएको थियो ।

‘बिहेको कुरा सुनेर  निकै खुसी लागेको जस्तो छ नि !’ मैले भने ।

‘खुसी त लाग्ने नै भयो नि । बिहे पनि कस्तो ? आफ्नै श्रीमतीले गराइदिने । तिमी पनि खुसी नै हुनु पर्ने हो, होइन र ?’ श्रीमान्ले परिहासपूर्ण स्वरमा भन्नुभयो ।

‘ए छोरी, पण्डितले भनेको कुरालाई हलुका रूपमा लिनु हुँदै न है !’ तेरो दुईवटा नाबालक सन्तानहरू छन्, भएन तेरो बुवाको मृत्युपछि म पनि तिमीहरूको आश्रयमा बसेकी छु । तँबाहेक मेरो अरू सन्तान छैनन् । तँलाई केही भयो भने म वृद्ध भइसकेकी मान्छेले यी केटाकेटीहरूलाई के गरी हुर्काउनु ? जुवाइँले बिहे गर्दिन भने पनि उनको आफन्तहरूले आखिर उनको बिहे नगराई छोड्ने छैनन्, अनि सौतेनी आमाले यी केटाकेटीलाई कति हेला गर्ली ? त्यो कुरा तँलाई मैले बुझाइरहनु पर्दैन । मान् छोरी, मान् ! मैले भनेको मानेर पण्डितले भनेको कुरालाई गम्भीरतापूर्वक पालना गर् !’ अर्को दिन बिहान मौका पाउनासाथ आमाले मसँग भन्नुभएको थियो ।

‘मेरो बिहेको विषयमा कुरा हुँदै छ कि क्या हो ?’ भन्दै उत्तिनै खेर मेरो श्रीमान् हामी आमा–छोरीले बात मारेको ठाउँमा टुप्लुक्क आउनुभयो ।

‘हेर्नोस् न जवुाइसाँप, म त यसलाई सम्झाउँदा–सम्झाउँदा हार खाइसकेँ, कति सम्झाउँदा पनि नबुझ्ने । अब तपाईंले नै यसलाई सम्झाउनुपर्यो ।’ जुवाइँलाई आफ्नो अघि देख्नसाथ मेरी आमाले गुनासो पोख्नुभयो ।

‘यतिका वर्षसम्म मैले तिमीलाई बडो दिलदार नारी भनेर ठानेको थिएँ, तर तिमी पनि ईष्र्यालु र सङ्कुचित विचारधारा भएकी नारी पो रहिछ्यौ त… ! मैले दोस्रो विवाह गदैर्मा कनु चाहिँ भुँइचालो आउँछ र यसरी तर्सिएकी ? मैले बिहे गरे पनि तिम्रो अधिकार जस्ताको तस्तै सुरक्षित रहनेछ , ढुक्क भएर बसे हुन्छ ।’ आमाको कुरो सुनेपछि मेरो श्रीमान्ले मतिर हेर्दै ठट्यौली पारामा भन्नभयो ।

‘पण्डितले दोस्रो विवाहको योग छ भनेको सुने देखि खुसीले तपाईँको  त पखेटा पलाएको जस्तो छ । तपाईंहरू गर्नुहुन्छ होला यस्ता कुरामा विश्वास,  म त गर्दिनँ ।’ मैले भनेकी थिएँ ।

त्यसपछि कैयन् दिनसम्म मेरो श्रीमान्को बिहेको विषयलाई लिएर हाम्रो घरमा आमा, मेरा श्रीमान् र मेरो बीचमा निकै चर्काचर्की परेको थियो ।

केही दिनपछि, मलाई मनाउनुलाई केही सीप नलागेपछि, मेरी आमाले आँसुको हतियार तेस्र्याएर अनसन बस्ने घोषणा गर्नुभयो । अन्त्यमा आमाको मन राख्नका लागि मात्र भए पनि मैले  मेरो श्रीमान्को दोस्रो बिहेका निम्ति स्वीकृति दिएँ ।

मैले स्वीकृति दिनासाथ घरमा खुसियाली छायो ।

एकदिनको कुरो हो, म भान्साकोठामा बसेर तरकारीका लागि आलु काट्दै थिएँ, त्यत्तिकैमा मेरी साढे पाँच वर्षीया छोरीले मेरो छेउमा आएर मसँग सोधी, ‘मामु ! अब हाम्रो बुवाको बिहे हुन्छ अरे हो ?’

मलै  छोरीतिर हेर्दै हाँस्दै ‘हो’ भने  । मैले ‘हो’ भन्नासाथ छोरी खुसी भएर ताली बजाउँदै ‘हाम्रो बुवाको बिहे… ! हाम्रो बुवाको बिहे… !’ भन्दै बाहिरतिर दगुरी ।

मेरी आमाले फेरि पण्डितलाई घरमा डाक्न पठाउनुभयो । पण्डित आए । लगनका लागि साइत जुराए । अनि त्यही दिनदेखि मेरी आमाले बिहेमा चाहिने सर्जामको बन्दोबस्त गर्न लाग्नुभयो ।

तोकिएको मितिमा बिहानको करिब नौ बजेतिर हामीहरू एउटा जीप र पिकअप भ्यान लिएर विवाहस्थलतिर लाग्यौँ  ।

प्रायः डेढ घन्टाजति यात्रा गरेपछि हामीहरू सबै विवाहस्थलमा पुग्यौँ । त्यहाँ पुगे र गाडीबाट ओर्लनासाथ हाम्रा एकजना निकटका पारिवारिक मित्र कमलकान्तले हामीलाई स्वागत गरेका थिए ।

‘सब ठीकठाक छ त कमलकान्तजी ?’ उनलार्इ  भेटनसाथ मेरो श्रीमानले प्रश्न गर्नुभयो ।

‘सब ठीक छ । मासु, पुलाव, अचार, दही सब तयार भइसकेको छ ।’ कमलकान्तले उत्तर दिए ।

‘ओहो ! वहाँको बिहेमा दुलहीको तफर्बाट तपाँइलेनै यत्रो भोजको आयाजेना गर्नुभएको?’ मैले कमलकान्ततिर हेरे र परिहास गर्दै भने ।

‘होइन भाउजू, मेरो गाउँ मन्दिरदेखि नजिकै पर्छ त्यै भएर मैले यसो मद्दत मात्र गरेको हुँ, बाँकी बोको किन्ने आदि सारा खर्च  त उहाँले अस्ति नै दिइसक्नभुएको थियो।’ कमलकान्तले मेरो श्रीमान्तिर इङ्गित गर्दै भने ।

‘ए ! नयाँ दुलहीका निम्ति अहिलेदेखि नै यतिका खर्च गरेको ?’ मैले श्रीमान्तिर हरे र व्यङग्य हाँने ।

‘किन नगर्नु त ?उनी तिमीजस्तो जबाफ लगाउने खालकी छैनिन्, मैले जे भनेँ पनि शिर निहुराएर सुनिरहन्छिन् । अब त तिमी मसगँ रिसाएको बेला म उसैसँग बसेर कुरा गरिरहनेछु ।’ मेरा श्रीमान्ले गम्भीर स्वरमा भन्नुभयो ।

‘उस्स… !’ श्रीमान्को कुरो सुनेपछि मेरो मुखबाट आवाज निस्क्यो ।

बेहुलीलाई सिँगार्ने, उसलाई सारी–चोलो, माला, चुरा, टीका आदि लगाइदिने काम मेरी आमाले गर्नुभएको थियो । अझ भएन एउटा झिलमिल सितारा जडेको ओढ्ने ओढाउने काम पनि आमाबाटै भयो । त्यो सब काम गरिरहँदा आमा निकै उत्साहित देखिनुभएको थियो ।

म एकनाससित आमाको दुलहीलाई  सिगाँर्दै गरेको दृश्य हेरिरहे ।

केही बेरपछि विवाहको कार्यक्रम सुरु भयो । पण्डितले वैदिक मन्त्र पढ्न थाले । आमाले कन्यादान गर्नुभयो । मेरो श्रीमान्ले दुलहीलाई सिन्दुर–पोते लगाइदिनुभयो ।

‘ल… अब विवाह सम्पन्न भयो ।’ विवाहको विधि सिध्याएपछि पण्डितले भने।

‘अब भने म ढुक्क भएँ ।’ आमाले सन्तोषको सास फेर्दै भन्नु भयो ।

म हाँसे मात्र ।

खानपान सिध्याएर फर्किने बेलासम्ममा साँझ पर्न लागेको थियो । हामीहरू घर  फर्किनकोलागि जीपमा गएर बस्यौँ । अगाडि सिटमा ड्राइभर, आमा र सानो छोरो बसेका थिए भने पछिल्तिरको सिटमा मेरो श्रीमान, छोरी र म बस्यौँ ।

‘पख्नोस् ! पख्नोस् ! एउटा कुरो त मैले भन्नै बिर्सिएको रहेछु ।’ जीप हिँड्न लाग्दा पण्डितले हतार हतार गरेर हामीतिर आउँदै भने।

‘के बिर्सनुभयो ?’ पण्डित नजिकै आएपछि मेरो श्रीमान्ले सोध्नुभयो ।

‘ए… कुरो के भने …, तपाँइले एउटा कुरामा चाँहि ध्यान दिनुपर्छ । त्यो के भने कथकांल यो दुलही मरेको तपाँइले देख्नुभयो भने चाँहि  तपाइले उसको सम्पूर्ण  मृत्यु सस्ंकार आफैले गर्नुपर्ने हुन्छ । यसथर्, तपाँइ यतातिर… ।’

‘ए … त्यो त म गरिहाल्छु नि पण्डितजी, तपाँइले पीर गर्नै पर्दैन ।’ पण्डितले भन्न खोजेको कुरो नसकिँदै उनको कुरोलाई बीचैमा काट्दै मेरा श्रीमान्ले भन्नुभयो ।

मैले श्रीमानतिर हेरेर ओठ लेब्य्राएँ ।

त्यसपछि,  जीप गुड्न सुरु भयो । जीप गुड्दै गर्दा अनायासै मेरो दृष्टि मन्दिरको नजिकै रहेको त्यो निर्जन एकान्त स्थानमा पुग्यो जहाँ अनेकौँ बोटबुट्यानहरूको माझ दुलही बनाएर सजाइएको त्यो आँकको बोट ठिङ्ग उभिएको थियो ।