• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह ★   मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री ★   उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली ★   शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता ★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

रामेछापमा खुकुरी प्रहार गरी वृद्धको हत्या



(सांकेतिक तस्बिर)

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो ।

श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडाँै गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उहाँले बताउनुभयो ।