• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मिटर ब्याज पीडितलाई खुलामञ्च नदिइनुको कारण न्यायिक समितिको सम्मेलन



काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटर ब्याज पीडितलाई हिजो खुलामञ्चमा प्रवेश गर्न नदिइनुको तात्कालिक कारण न्यायिक समितिको सम्मेलन बताईएको छ ।

काठमाडौंमा भोलि र पर्सी न्यायिक सम्मेलन हुन लागेको छ । प्रज्ञा भवनमा गरिने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका उपमेयर र उपाध्यक्षहरूले भाग लिनेछन् । जसको लागि उपत्यकाबाहिरबाट ५–६ सय गाडी भित्रिन सक्ने महानगरले अनुमान गरेको छ । ती गाडीहरूलाई दुई दिनसम्म पार्किङ गर्न अन्यत्र सम्भव नभएकाले महानगरले खुलामञ्चमा पार्किङ पहिल्यै तय गरिसकेको महानगरका प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीले बताए ।

‘न्यायिक सम्मेलनमा आउने गाडीहरू खुलामञ्चमा पार्किङ गर्न हामीले पहिल्यै तय गरिसकेका छौँ । तर, उहाँहरूको आन्दोलन कति दिन चल्ने हो भन्ने टुंगो भएन । त्यसैले हामीले अन्यत्र बस्न सुझाव दिएका हौँ’, अधिकारीले भने ।  पीडितहरूले कुनै पूर्व जानकारी बिना एक्कासि खुलामञ्च प्रवेश गर्न खोजेपछि रोक्नुपरेको उनले बताए ।

खुलामञ्च पहिले नै पार्किङको लागि तय भएपछि नगर प्रहरीले उनीहरूलाई शान्ति बाटिकामा बस्न सुझाव दिएको अधिकारीले बताए । खुलामञ्च नै चाहिए यति दिनका लागि भनेर लिखित पत्रसहित दिन महानगरले आग्रह गरेको उनी बताउछन् । उनले भने, हामीले शान्ति बाटिकामा बस्नुस् भन्यौँ । यदि खुलामञ्च नै चाहिने भए यति दिनका लागि भनेर लिखित पत्र दिनुस् भन्यौँ । त्यो पनि उहाँहरूले मान्नु भएन’ ।

अधिकृत खुलामञ्च सबैको लागि भएको तर अनिश्चितकालका लागि नभएको बताए । ‘उहाँहरू एक्कासि त्रिपाल बोकेर आउनुभयो । गेटमा आइपुगेर मात्र हामीलाई खबर गर्नुभयो । हामीले कति दिनका लागि हो भनेर सोध्दा जवाफ दिन सक्नुभएन । खुलामञ्च सबैका लागि हो, तर अनिश्चितकालका लागि त कसैलाई पनि ओगट्न दिन मिलेन नि,’अधिकारीले भने ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि विषयमा आफ्नो प्रष्टीकरण दिइसकेका छन् । उनले खुलामञ्च सबैका लागि सधैँ खुल्ला रहने तर, यो आन्दोलनको तयारी शङ्कास्पद रहेको बताए ।

शाहले भनेका छन्, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरि सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’