४ पुष २०८२, शुक्रबार
,
Latest
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कपः भुटानसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले आज मंगलबार भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

भुटानलाई हराउँदै फाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । यसअघि पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । नेपाललाई फाइनल पुग्न बराबरीको नतिजा पनि पर्याप्त छ ।

अर्कोतर्फ पहिलो खेलमा लाओससँग २–१ गोलले हार ब्यहोरेको भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् । फाइनल खेल १७ गते हुनेछ ।