• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको जानकारी



एजेन्सी । एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो ।

कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई शेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

क्षतिपूर्ति योजनाले ट्वीटरको मूल्य २० अर्ब डलर तोकेको छ । यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो ।

तेस्ला इङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले ट्वीटरले आफ्ना कर्मचारीलाई हरेक छ महिनामा सेयर नगद गर्न अनुमति दिने बताउनुभएको छ ।

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उहाँले बताउनुभएको छ, “ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुप¥यो कि एक बिन्दुमा यो चरम आर्थिक सङ्कटको सङ्घारमा पुगेको थियो ।

यसअघि, मस्कले ट्वीटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा भन्नुभएको छ, “ट्वीटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिरहेको छ ।”

उहाँले वार्षिक १.५ अर्ब अमेरिकी डलर को राजस्वमा गिरावट र समान रकमको ऋण–सेवा बोझको हवाला दिनुभएको थियो । ट्वीटरका बहुसङ्ख्यक शेयरहोल्डर मस्कले भन्नुभयो, “कम्पनीको अवस्था अत्यन्तै डरलाग्दो स्थितिमा छ ।”

मस्कले आफ्नो नियन्त्रणमा लिएयता समूहको पेरोल सात हजार ५०० कर्मचारीबाट घटाएर दुई हजारभन्दा कममा झार्नुभएको छ ।

उहाँले २५० अर्ब अमेरिकी डलरको मूल्याङ्कनका लागि ‘स्पष्ट तर कठिन बाटो’ देखेको एएफपीलाई प्राप्त इमेलमा बताउनुभएको छ ।