• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’ को शुभमुहुर्त



काठमाडौँ। नेपाली चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’ को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ ।

एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो चलचित्रलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमूख अभिनय रहनेछ । आश्वि फिल्मसले निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर शंकर कार्की हुन् ।

मुहुर्त पछि निर्देशक पण्डितले यसको प्रमूख कथा बच्चाको अटिजम समस्या र रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष रहेको बताईन् । उनले भनिन्, ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो ।’ पेशाले आईटि इन्जिनियर रहेकी उनले आफ्नो चलचित्रप्रतिको प्रबल इच्छालाई मुर्तरुप दिने क्रममा यो चलचित्र निर्देशन गर्न लागेको बताईन् ।

‘मीरा: स्याडो अफ अ रेन्बो’ की अभिनेत्री सुरविना कार्कीले आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताईन् । उनले भनिन्, ‘यसमा आफ्नो सेक्सुवालिटिुलाई एक्सप्लोरु गर्न चाहने महिलाको कथा रहेको छ । वर्तमानमा यो कुरा एकदम सामान्य हो तर विभिन्न कारणले एक महिलाले त्यसलाई बाहिर ल्याउन सकिरहेको हुँदैन । कथा त्यसमै आधारित छ ।’

अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताए । उनले थपे, ‘चलचित्रको कथाले मेरो मन छोयो । मलाई आफुभन्दा निकै फरक पात्रको रुपमा मैले यसमा पाएको छु । समाजमा बाहिर आउनैपर्ने यथार्थ यो चलचित्रबाट आउनेछ ।’ अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतार चढावका कथाहरु मर्मस्पर्श रहेको र त्यसमै आधारित यो चलचित्र आफ्नो लागि चुनौति र अवसर दुवै रहेको बताए ।

यो चलचित्रको छायांकन यसैसाता शुरु हुनेछ । शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा यसको छायांकन हुनेछ । चलचित्रमा एलिश कार्कीको संगीत रहनेछ । डिओपी अनिल कटुवाल हुन् भने प्रकाश महरा टेक्निकल हेड हुन् । प्रकाश हमालले प्रोडक्शन डिजाईन गरेका छन् ।