• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

कालिका मन्दिर परिसरमा आजदेखि चैते दसैँ मेला



बलेवा । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।

समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ ।

मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ ।

त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार, तेस्रो हुनेलाई रु ७० हजार र सान्त्वना रु २० हजार नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई रु एक लाख र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार दिनेछ ।

यस्तै, छेलोतर्फ प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु सात हजार पाँच सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदसैँैमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रोलगायतका सामग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियारसमेत बिक्री गर्न ल्याउने गरिन्छ । रासस