१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरियो



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरिएको छ । यसअघि आजै नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको थियो । दुवै दलले आइतबार सरकारलाई दिएको फिर्ता लिने तयारी गरेका छन् । अन्य साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको बताइएको छ ।

लुम्बिनी प्रदेशमा अहिले नेकपा (एमाले) का लीला गिरी मुख्यमन्त्री हुनुहुन्छ । माओवादी केन्द्र, जनमत र जसपासहित अन्य साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुहुनेछ । यस्तो अवस्थामा उहाँसँग राजीनामा दिन वा विश्वासको मत लिने विकल्प रहने छ ।

मन्त्रीबाट माओवादी, जनमत र जसपाले आफ्ना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै आइतबार नै प्रदेश प्रमुखलाई निवेदन दिने बताइएको छ ।

गिरी नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

सो समयमा नपाली कांग्रेसका २७, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १–१ संसदले भने समर्थ गरेका थिएनन्।