• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

‘सांसद र मन्त्रीको स्वकीयको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाइयोस्’



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय खेलाडीहरुको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सांसद एवं मन्त्रीहरुको स्वकीय सचिवको भन्दा खेलाडीको तलब कम भएको बताउँदै स्वकीयहरुको तलब कटौती गरेर खेलाडीहरुको तलब वृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले भने – ‘मन्त्रीज्यूका स्वकीय सचिवका भन्दा कम तलबमा राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन् । हामी सबै सांसद एवं मन्त्रीहरुका स्वकीयका तलब कटौती गरेर भएपनि खेलाडीहरुको तलबमा वृद्धि गरियोस् । रंगशाला निर्माण गरियोस् । बजेट अगाडि बढाइयोस् ।’

यस्तै सांसद शाहीले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सुजल श्रेष्ठ लगायत खेलाडी अष्ट्रेलिया पलायन भएकोमा चिन्ता समेत व्यक्त गरे ।