• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग(भिडियोसहित)



काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थोत्रा बस र बीमा नहुँदाको अवस्थामा घाइतको बिचल्ली हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राज्यले पहुँचवालाका नाममा उपचारका लागि करोडौँ खर्च दिने गरेको तर दूरदराजका बिरामीले उपचारको लागि घरबार बेच्दा पनि उपचार हुन नसक्ने अवस्था रहेको खतिवडाले बताए ।

उनले भने ‘बस पुराना छन् । बीमाको व्यवस्था छैन । बस धनी पनि सम्पर्कमा आउँदैनन् । वीर, शिक्षण अस्पतालमा उपचार गर्न पैसा नपाएर छटपटिनुपर्ने अवस्था छ यसर्थ बसमा चढ्नेलाई बिमाको अनिवार्य व्यवस्था गरियोस् ।’

यस्तै, खतिवडाले निःशुल्क नागरिकको शिक्षा, स्वास्थ्य उपचारको सहज रुपमा व्यवस्था गर्न पनि आग्रह गरे ।