• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भारतीय ध्वजाबाहक वायुसेवा एयर इन्डियाको विमान चालक दललाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ ।

सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न रहेको भन्दै तत्कालका लागि उक्त विमानका चालक दलका सदस्यलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको क्यानले जनाएको छ ।

क्यानले उक्त घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया)लाई पत्राचार गर्ने समेत जनाएको छ ।

घटना गत शुक्रबार भएको थियो । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि क्यानले विमानका चालकलाई सोधपुछसमेत गरेको थियो । चालकहरुले गल्ती भएको भन्दै माफी मागेका थिए ।

घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौँ टावरअन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० लाई पनि कारबाही गरिएको जनाइएको छ ।

शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो ।

दुवै जहाज आमनेसामने भएपछि दुवैको ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।