• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

एकीकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । अध्यक्ष माधव नेपालले प्रचण्ड सरकारमा राष्ट्रिय सभा सदस्य समेत रहेका डा. भुसालको नेतृत्वमा पठाउन लागेको स्रोतले जनाएको छ ।

नेकपा एसका संस्थापक महासचिव रहेका भुसालले सो पद घनश्याम भुसालको लागि त्यागेका थिए । नेपाल नेतृत्वको सो पार्टीमा उनीसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक सबै मन्त्रीका दाबेदार छन् ।

एमालेबाट विभाजन भएर मन्त्री तथा मुख्यमन्त्री बनेकाहरूले पहिलो चरणमा मौका नपाउने मापदण्ड बनाएको एसले भुसालसहित नेताहरु प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

किसान श्रेष्ठ, प्रेम आले, शेरबहादुर कुँवर भने यो चरणमा मन्त्री बन्न पाउनेछैनन् । नेकपा एसले एक प्रदेशमा मुख्यमन्त्रीसहित ३ मन्त्रालयमा दाबीको अडान राखेको छ । तर भागबन्डा मिलाउँदा नेकपा एसले २ मन्त्रालय मात्र पाउने देखिएको छ ।