१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा नारायणकाजीलाई पठाउने तयारी



file
अ+ अ-

काठमाडौं । हाल उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका नारायणकाजी श्रेष्ठलाई गृहमा पठाइने भएको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिन लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै गर्न लाग्नुभएको मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गर्ने बताइएको छ ।

गृह मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री प्रचण्डले सम्हालिरहनु भएको छ । माओवादीले सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा श्रेष्ठलाई पठाउने तयारी थालेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै पत्रकार सम्मेलन गरेर यसबारे औपचारिक जानकारी गराउने तयारी भइरहेको बताइएको छ । शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भोलि सोमबार सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन निर्णय गरेको थियो । यसबारे छलफल गर्न आजै सत्ता गठबन्धनको बैठक पनि बस्दैछ ।