१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल भागबन्डा लगायतका विषयमा छलफल हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दश दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताईएको छ । यद्यपी, बैठकको समय भने तय भइसकेको छैन ।

आज शीर्ष छलफलबाट नै प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका बताईएको छ । शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबारसम्ममा सरकारलाई पूर्णता दिनुपर्ने सुझाव दिएको थियो ।

दश दलीय गठबन्धनमा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति भएको बताईएको छ । यस्तै, नेकपा एस र जसपाले ३–३ मन्त्रालय दाबी गरेका छन् ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन , जनमत, लोसपा, नागरिक उन्मुक्ति, आम जनता, नेपाल समाजवादी पार्टीलाई एकएक मन्त्रालय दिने तयारी रहेको बताईएको छ ।