• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकप छनोट प्लेअफ: अमेरिका र नामिबिया खेल्दै



काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको एकदिवसीय प्लेअफ आजबाट नामिबियामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबिया र अमेरिका भिड्दैछन् । नामिबियाको विन्डोक मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सबा १ बजेबाट सुरु हुनेछ ।

प्लेअफमा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

जसअनुसार , लिग टू मा चौथो नामिबिया, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । यस्तै, च्यालेन्ज लिग बिजेता ए र बी बाट जर्सी र क्यानडाको सहभागीता रहेका छन् ।

यस प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले भने यसअघि भएको लिग टूमा शिर्ष तीनमा रहदैै विश्वकप छनोटको लागि स्थान बनाईसकेको छ ।