२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट प्लेअफ: अमेरिका र नामिबिया खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको एकदिवसीय प्लेअफ आजबाट नामिबियामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबिया र अमेरिका भिड्दैछन् । नामिबियाको विन्डोक मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सबा १ बजेबाट सुरु हुनेछ ।

प्लेअफमा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

जसअनुसार , लिग टू मा चौथो नामिबिया, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । यस्तै, च्यालेन्ज लिग बिजेता ए र बी बाट जर्सी र क्यानडाको सहभागीता रहेका छन् ।

यस प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले भने यसअघि भएको लिग टूमा शिर्ष तीनमा रहदैै विश्वकप छनोटको लागि स्थान बनाईसकेको छ ।