• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बारामा उपनिर्वाचन लड्न मैले निर्णय गरिसकेको छैन– उपेन्द्र यादव



फाइल फोटो

धनगढी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुन: संसद्मा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको भए पनि आफूले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरिनसकेको बताउनुभएको छ ।

आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताउनुभयो ।

बाराका साथीहरुले आफूलाई त्यहाँ गएर चुनाव लड्न भनेर जोड दिइरहेको भन्दै उहाँले भन्नुभयो, “पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भनिरहनुभएको छ, तर पार्टी र गठबन्धनले कुनै निर्णय गरिसकेको छैन र मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।”

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएका अध्यक्ष यादवसँग मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव होला भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्को छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।”

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जसपाबीच एकता नयाँ पार्टीलाई कम्युनिष्ट बनाउने कि समाजवादी भन्ने कुरामा अड्किएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार समाजवादी र जसपा एकता गर्ने सम्बन्धमा छलफल भए पनि मूल गाँठा फुकेको छैन । “हामीले नेकपा हटाएर समाजवादी केन्द्र बनाएर अघि बढौँ भनेका छौ, उहाँहरु एकीकृत समाजवादी लिएर अघि बढ्नुभयो भने एकता सम्भव छ ।”