१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौं । नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई सरकारले दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गरेको थियो । आईजीपी धिरजप्रताप सिंहको अवकाश भएपछि एआईजीपी कुँवर आईजीपीमा नियुक्त भएका थिए ।