• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

मन्त्रालय हेरफेर गर्दै माओवादी, गृहमन्त्री बन्दै नारायणकाजी



फाईल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ । अब बन्ने दश दलीय सरकारमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने बताईएको छ।

तत्कालीन एमालेसहितको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह नपाए सरकारमा नजाने अडान लिएपछि श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि गृह मन्त्रालयमा माओवादीले दाबी गरेको बताईएको छ । आईतबार उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्ने बताईएको छ । उनले मन्त्रालयमा आफुले गरिरहेको काम र सुरुवात भएको कामको बारेमा जानकारी दिनेछन् ।

यस्तै, माओवादी केन्द्र बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका अमनलालमोदीले सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । यसैबिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।