• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

यू–१७ महिला साफ: नेपाल र रसिया भिड्दै



काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रसियाको सामना गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र रसियाबीचको खेल नेपली समय अनुसार बेलुकाको ७ बजे सुरु हुनेछ ।

नेपाल आज रसियालाई हराउँदै प्रतियोगितामा दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।

रसियाले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।