२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई



अ+ अ-

काठमाडौं । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार सहित सम्मानपत्र रहेको छ ।

यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उहाँलाई अर्पण गरिने केन्द्रले जनाएको छ । सो पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसक्नुभएको केन्द्रले जनाएको छ ।

स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता हुनुहुन्थ्यो भने स्व नन्दकुमारी उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो । रासस