१५ असार २०८३, सोमबार
,
Latest
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा राजा कुनै गतिला थिएनन्– माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा कुनै राजा गतिला नभएको बताउनुभएको छ ।

काठमाडौँमा आज भएको पार्टीनिकट भूपू सैनिकहरुको कार्यक्रममा उहाँले ‘राजा आऊ देश बचाऊ’ भन्नेलाई नेपालमा राजा कुनै गतिला थिए भनी प्रश्न गर्नुभयो । तत्कालीन राजाहरु भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको उहाँको भनाइ थियो ।

राजतन्त्र पुनस्थार्पित गर्नुपर्छ भन्दै विभिन्न बैठकहरु हुने गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “अहिले तपाईंहरुले देखिरहनुभएको छ– राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। के नेपालमा राजा कुनै गतिला छन् रु”

उहाँले राजा आएर उनीहरुले अब विकास निर्माणलगायतका काम गर्न नसक्ने बताउनुभयो ।

अहिले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले पनि आफ्नो पार्टी चौथो रहेको भन्दै उहाँले भन्नुभयो, “अहिले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले हाम्रो पार्टी चौथो स्थानमा रह्यो । तर, समानुपातिक मतको सम्म हिसाब जोड्दा हाम्रो पार्टी तल सातौँ स्थानमा पुगेको छ । त्यो पनि हाम्रै कमजोरीले ।”

पार्टीमा संगठित सदस्यले दुई मत संरक्षण गर्न नसक्दा रवि लामिछाने नेतृत्वको पार्टीलाई उछिन्न नसकेको उहाँको भनाइ थियो । “हाम्रो संगठित भएको सदस्य एक लाख ३६ हजार छ । एक व्यक्तिले दुईजनालाई मनाउन सकेको भएपनि हामीलाई तीन लाख मत कटाउन मुस्किल थिएन । हामीले सजिलै चौथो पार्टी बनाउनसक्थौँ । हामीले रवि लामिछानेको पार्टीलाई उछिन्थौं । राप्रपा, जसपालाई उछिन्थौं”, अध्यक्ष नेपालले भन्नुभयो ।