६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिमुत्सो अकिबु नियुक्त



अ+ अ-

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ । यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधानकार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत हुनुहुन्थ्यो । 

सन् २०२१ देखि जाइका प्रवेश गर्नुभएका उहाँले नियोगका  विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिकासमेत निर्वाह गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुसी व्यक्त गर्दै अकिबुले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’ लाई प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस