४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको राष्ट्रिय दिवस: नेपालस्थित दूतावास राष्ट्रिय झण्डा फराइयो



अ+ अ-

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बिहीबार नेपालस्थित पाकिस्तानी राजदूतावास, काठमाडौंमा झण्डा फहराइयो । कार्यवाहक राजदूत उमैर अलीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउनुभएको हो।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

त्यस अवसरमा कार्यवाहक राजदूत उमेर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प गरेको स्मरण गर्नुभयो ।

उहाँले पाकिस्तानी जनताका पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालाई पुन: पुष्टि गर्ने आवश्यकतालाई जोड दिनुभयो ।

झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।