• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सोलार हिटरको विज्ञापनबारे करिश्मा– दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको बोस सोलार हिटरको विज्ञापनलाई लिएर केही दिनदेखि विरोध र टीकाटिप्पणी भइरहेको छ । विवादमा तानिएपछि करिश्माले आफ्नो मुख खोलेकी छन् । उनले विज्ञापनमा भएको त्रुटि स्वीकारदै सुधार हुने आशा राखेकी छन् ।

‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन । त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भएपनी प्रचार निर्माण सामाग्रीमा मेरो हात हुदैन ‘, करिश्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।

करिश्माले दर्शकको प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताउँदै आफ्नो हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा आभारी व्यक्त गरेकी छन् ।