३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै ठाउँबाट सेवा दिन काठमाडौँ महानगरले भाडामा लियो काठमाडौँ प्लाजा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई एकै स्थानबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ प्लाजा भाडामा लिएको छ ।

काठमाडौँ प्लाजा भाडामा लिन महानगरले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ। सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार प्रत्येक पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुनेगरी महानगरले १० वर्षका लागि काठमाडौँ प्लाजा भाडामा लिएको हो ।

छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले महानगरले प्लाजा भाडामा लिएको हो। महानगरमा हाल १६ विभाग छन् र ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।

करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा अब महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ। २०७२ को भूकम्पअघि महानगरले एकै स्थानबाट सेवा प्रवाह गरिरहेको थियो ।

महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ।