२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले दुई महिना नपुग्दै मोन्टी देसाइको तलब २० प्रतिशतले बढायो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमको प्रशिक्षक मोन्टी देसाइको मासिक तलब २० प्रतिशत वृद्धि गरेको छ ।

क्यानको प्रशिक्षक देसाइसँग भएको सम्झौता अनुरुप उनको तलब बढ्न लागेको हो । क्यानले यसअघि नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने सम्झौता गरेको थियो । यसअघि देसाइले मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर(झन्डै १६ लाख नेपाली रुपैयाँ) पाउने छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ओडिआई मान्यतालाई निरन्तरता दिएपछि सम्झौता अनुसार तलब बढाउने कुरा भएको बताएका छन् । ‘शीर्ष तीनमा पुग्छौं भन्नेमा मैले कल्पना गरेको थिएन । ओडिआई मान्यता ७५ प्रतिशत जितेर लिन सक्छौं भन्ने थियो । ओडिआई बचाए मोन्टीको तलब बढाउने सम्झौता थियो । १०/१२ दिनको अभ्यासपछि मोन्टीले ओडिआई बचाउन सक्छु भन्ने आश्वासन दिएका थिए’, चन्दले भने,‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ । त्यसैले पूर्वशर्त अनुसार हामीले तलब वृद्धि गरेका छौँ’।

गत माघ २३ गते क्रिकेट संघले देसाइलाई प्रमुख प्रशिक्षकमा नियुक्ति गरेको थियो । मोन्टी नेपालको मुख्य प्रशिक्षक हुनुअघि लिग २ मा २४ खेलमा ८ जित र १४ मा हारसहित १८ अंकका साथ नेपाल तालिकाको छैटौं स्थानमा थियो । मोन्टीको प्रशिक्षणमा नै नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । यससँगै, ३६ खेलमा १९ जित र १५ हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रहि सिधै विश्वकप छनौटमा स्थान बनाउन सफल रह्यो।