१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी संगठनबीच सहमति नजुट्दा कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित



अ+ अ-

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना रोकिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली क्याम्पसमा बुधबार अपराह्न ४ बजे सकिएको मतदान बिहीबार बिहानसम्म गणना हुन सकेको छैन । विद्यार्थी संगठनहरुबीच मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो ।

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका छन् । यस्तै, नेविसंघले पनि गणना क्याम्पसमै हुनुपर्ने माग गरेको छ ।

स्ववियु निर्वाचन समितिले मतगाणनाका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनसहितको बैठक बोलाइएको बताएको छ । बैठकपछि सहमतिमा मतगणना स्थल र समय निर्धारण गरिने बताईएको छ ।

स्ववियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसबाट दुई हजार तीन सय ६८ मत खसेको थियो ।