१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन
अ अ+ अ-

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ ।

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गर्नुभयो । उहाँले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भयो । उहाँले आजको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोको छ । तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ । त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ । यही चैत्र २७,२८ र २९ गते तीन दिनको लागि हामीले काठमाडौंमा नै विधान अधिवेशन गर्ने निर्णय गरेका छौँ ।

 

त्यसका लागि विभिन्न जिल्ला लगायतमा रहेका विभिन्न समितिहरुलाई कसरी प्रतिनिधित्व गराउने भन्ने र अधिवेशनलाई व्यवस्थित गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमनको तीन जनाको कार्यदल बनेको छ । अहिलेसम्म जनता समाजवादी पार्टीले बारा २ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर हाम्रो पार्टीको निर्देशिकाले क्षेत्रिय समितिले प्रश्ताव गरेको निर्णयलाई हस्ताक्षर गर्नेछौँ । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ ।’

प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताउनु भयो ।