११ असार २०८२, बुधबार
,
Latest
घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन



अ+ अ-

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ ।

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गर्नुभयो । उहाँले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भयो । उहाँले आजको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोको छ । तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ । त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ । यही चैत्र २७,२८ र २९ गते तीन दिनको लागि हामीले काठमाडौंमा नै विधान अधिवेशन गर्ने निर्णय गरेका छौँ ।

 

त्यसका लागि विभिन्न जिल्ला लगायतमा रहेका विभिन्न समितिहरुलाई कसरी प्रतिनिधित्व गराउने भन्ने र अधिवेशनलाई व्यवस्थित गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमनको तीन जनाको कार्यदल बनेको छ । अहिलेसम्म जनता समाजवादी पार्टीले बारा २ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर हाम्रो पार्टीको निर्देशिकाले क्षेत्रिय समितिले प्रश्ताव गरेको निर्णयलाई हस्ताक्षर गर्नेछौँ । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ ।’

प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताउनु भयो ।