२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा उपचाररत वर्षमान पुनले गरे प्रचण्ड र देउवासँग टेलिफोन संवाद



file
अ+ अ-

काठमाडौँ । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेका हुन् । नेता पुनले संसदका झन्डै दुई तिहाइ सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिएको उनको सचिवालयले जनाएको छ ।

दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोजगारी सृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै निको भएर फर्कने विश्वास लिएका छन् । पुन जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुन बेथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि साथमा छिन् ।