१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड– दलित समुदायका लागि नयाँ कार्यक्रम घोषणा गर्छु(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायका माग पूरा गर्न सक्ने आफू मात्रै भएको बताउनुभएको छ ।

जातीय छुवाछूतविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार काठमाडौँमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा उहाँले दलित समुदायबाट आएका माग आजका मितिमा कसैले पूरा गर्न सक्छन् भने त्यो आफू मात्र भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले दलित समुदायले पछिसम्म सम्झने गरी नयाँ कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । दलित समुदायले अहिलेसम्म प्राप्त गरेको अधिकार संघर्षबाट मात्र सम्भव भएको भन्दै उहाँले अधिकार प्राप्तिको लडाइँलाई सांस्कृतिक संघर्षका रुपमा बुझ्नुपर्ने बताउनुभयो ।