५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानलाई ज्यान मार्ने धम्कीपछि उनका बुबा सलीम रातभर सुत्दैनन्



अ+ अ-

एजेन्सी । मार्च १९ मा बलिउड अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट इमेलमार्फत ज्यान मार्ने धम्की आएको थियो । त्यसयता उनको घर ग्यालेक्सी अपार्टमेन्टको सुरक्षा बढाउँदै अस्थायी प्रहरी चौकी बनाइएको छ । यसमा दुई जना सहायक प्रहरी निरीक्षक (एपीआई) र ८–१० हवल्दार २४ घण्टा खटिनेछन् ।

अहिले सलमानका एक नजिकका साथीले सलमानले यी सबै धम्कीप्रति सामान्य प्रतिक्रिया दिइरहेको खुलासा गरेका छन् । उनको सामान्य प्रतिक्रियाको कारण उनी आफ्नो परिवारका सदस्यहरू रिसाएको चाहँदैनन् भन्ने आंकलन गरिएको छ । यो धम्कीबाट पूरै परिवार डराएका छन् ।

सलमानका नजिकका साथीले ईटाइम्सलाई दिएको अन्तर्वार्तामा भने कि उनका बुबा सलीम धेरै शान्त छन्, तर उनको परिवारलाई थाहा छ कि उनी आजकल राती राम्ररी सुत्न सक्दैनन् ।

साथीले यो पनि भनेका छन् कि सलमान धम्कीपछि कडा सुरक्षा व्यवस्थाको विरुद्धमा छन् । जे हुनु पर्ने हो, भइहाल्छ भन्ने सलमानको बिचार छ । तर, पारिवारिक दबाबका कारण उनले फिल्म ‘किसी का भाइ किसकी जान’ को पोस्ट प्रोडक्सन बाहेकका सबै योजना रद्द गरेका छन् । छायांकन र प्रवर्द्धन पनि रोकिएको छ ।