६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सरकारमा जाने तयारी, बनायो कार्यदल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने तयारीका लागि कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको र उक्त कार्यदलले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्नेछ ।

कस्तो नीति तथा कार्यक्रम र कस्तो हिस्सेदारीमा सरकारमा जाने भन्नेबारे बैठकमा छलफल भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार कार्यदलले गठबन्धनका अन्य दलसँग पनि छलफल गर्नेछ । साथै कार्यदलले एकीकृत समाजवादीका तर्फबाट सरकारमा कसलाई पठाउने भन्नेबारे पनि छलफल गर्नेछ ।