५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भएको छ– प्रधानमन्त्री



अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिनेबारे छलफल सुरु भएको बताउनुभएको छ ।

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास गर्दै उहाँले सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि छलफल सुरु भएको बताउनुभयो ।

हिजोदेखि पुन: राजनीतिक वातावरण बनेको र लय पक्रिएको भन्दै उहाँले सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने पक्षमा भएको बताउनुभयो ।

देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने भन्दै प्रधानमन्त्री प्रचण्डले जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय तहसँग एकीकृतरुपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ र प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चलिरहेको छ ।

“जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृतरूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठकको आयोजना गर्दैछु, त्यो छलफलमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ”, उहाँले भन्नुभयो ।