२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति र सिद्धान्त अनुरुप सरकारमा जान्छौ: झलनाथ खनाल



file
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने बताएका छन् ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै खनालले सरकारको नीति, सिद्धान्त र कार्यक्रम टुंगेपछि मात्र सहभागि हुने बताए ।

‘सरकारमा के नीति कार्यक्रमका साथ जाने ? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ । त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं ।’ खनालले भने, ‘सरकारमा कुन नीति, सिद्धान्त र कार्यक्रमको लागि जान्छौं । त्यो टुंगिएपछिमात्रै हामी मन्त्रालयको संख्यामा जान्छौं’ ।

यसअघि उपाध्यक्ष राजेन्द्र पाण्डे नेकपा एसले गठबन्धनमा गृहसहित तीन महत्वपूर्ण मन्त्रालयमा दाबी गर्ने बताएका थिए ।