१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले पाउनु पर्छ: राष्ट्रपति पौडेल

राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले पाउनु पर्छ:  राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा केन्द्रका अध्यक्ष मधु आचार्य र महासचिव डा परमेश्वर पोखरेलद्धारा हस्ताक्षरित सम्मानपत्र अध्यक्ष आचार्यले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेकाले अबका हाम्रा काम र कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । विशेषत पिछडीएका ग्रामिण क्षेत्रका गरीव र निमुखा जनताको लाभ र हित हुने गरी काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

मुलुकमा आएको राजनीतिक परिवर्तनसागै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले नेपाली समाज, संस्था र राजनीतिक दलहरुको लोकतान्त्रिककरणमा निभाएको प्रवाभकारी भूमिकाको राष्ट्रपति पौडेलले प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा अझै सशक्त ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा अध्यक्ष आचार्य, उपाध्यक्षहरु प्राध्यापक डा विष्णुशंकर पौडेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, महासचिव डा पोखरेल, सचिव खगेन्द्र आचार्य, कोषाध्यक्ष डा राजकुमार राई, सल्लाहकारहरु बावुराम कुँवर, गणेशचन्द्र अधिकारी, भोजराज रेग्मी, वसन्त गौतम, डा मुक्ति श्रेष्ठ, सदस्यहरु कल्याणी रीजाल, विमला नेपाली, डा मुन्नि शर्मा, राजेन्द्रराज पौडेल, मुन्निलाल यादव, इन्द्रनारायण भैल, प्रभात आले, डिपी अधिकारी, कृष्णव्रत सिंह, डीना श्रेष्ठ लगायतको उपस्थिति थियो ।