५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार देखिएन – एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत प्रस्ताव पेसपछि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार नदेखिएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ । तर। जस्तो परिस्थितीमा उहाँ यो विन्दुमा आइपुग्नुभएको छ । उहाँलाई विश्वासको मत दिन सकिने कुनै आधार र कुनै कारण देखिएन । एमालेले मात्र नभई यो सिंगो सदन नै विपक्षमा उभियोस् भन्ने चाहन्छु ।’

यस्तै, पौडेलले तत्कालीन गठबन्धनले सरकार गठन गर्न नसकेको अवस्थामा नेकपा माओवादी अध्यक्ष दाहालले एमाले लगायतका दललाई समर्थन चाहियो, तपाईहरुको समर्थनमा आफू प्रधानमन्त्री बन्न चाहेको स्मरण गराउँदै के कारणले यो परिस्थितीमा सरकार बदलियो भन्दै प्रश्न समेत गर्नुभयो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार र कुनै कारण देखिँदैन भन्दै उहाँले दाहाल प्रधानमन्त्री बनिरहँदा कुन पृष्ठभूमिबाट बन्नुभयो त्यसको हेक्का राख्न जरुरी रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईंलाई के त्यस्तो कारण पर्यो जसबाट त्यो सहमतिबाट यो सहमतिमा आउनुपर्यो ? हिजो सरकारको नेतृत्व गर्न एमाले चाहिने तर दुई महिना पनि नपुग्दै त्यो सहयात्राप्रति दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनमा किन जानुभयो ?”

राष्ट्रिय सहमति कुनै अरण्यरोदनको विषय होइन, साझा मुद्दा समाधान गर्न राष्ट्रिय सहमति चाहिन्छ । सहमतिलाई घोक्र्याएर निकाल्ने अनि राष्ट्रिय सहमतिको कुरा गर्न सुहाउँदैन भन्दै सांसद पौडेलले भन्नुभयो, “मुलुकको सबैभन्दा ठूलो राजनीतिक पार्टी एमाले बिनाको राष्ट्रिय सहमति कस्तो हो ? यस्तो राष्ट्रिय सहमतिको एमाले सख्त विरोध गर्दछ ।”

एमालेलाई किनारा लगाउने, तह लगाउने र प्रहार गर्ने नाममा राष्ट्रिय सहमति हुननसक्ने भन्दै उहाँले सत्ता पक्ष र विपक्षबीच पनि कतिपय विषयमा सहमति हुनसक्छ तर एमालेलाई किनारा लगाउने, तह लगाउने, प्रहार गर्ने नाममा राष्ट्रिय सहमति हुननसक्ने उहाँले बताउनुभयो । “राष्ट्रिय सहमति भन्ने होइन, गर्ने हो । राष्ट्रिय सहमतिको शब्दजालमा फँस्नुहुँदैन ।”