२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक परिसूचक सकारात्मक दिशातिर जाँदैछ – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको छोटो समयमा नै आर्थिक परिसूचकहरू सकारात्मक दिशातिर गइरहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेस गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

पुस ११ पछि सरकारको जिम्मेवारी लिएयता आफूले गरेको सुधारका प्रयासबारे जानकारी दिँदै उहाँले सरकारले चालेका सकारात्मक कदमका कारण अर्थतन्त्रका क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त समेत व्यक्त गर्नुभयो ।

यस्तै, आफ्नो कार्यकालमा अनावश्यक खर्च कटौती भएको भन्दै सार्वजनिक सेवामा गुणस्तर देखिने गरी सुधारका काम सुरु भएको उहाँको भनाई छ ।