५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी



अ+ अ-

रुपन्देही । स्ववियू चुनावमा रुपन्देहीको बुटवल वहुमुखी क्याम्पसबाट नेकपा एमाले निकट अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।

चुनावमा कुल २ हजार ६ सय ८१ मत खसेकोमा अनेरास्ववियुको प्यानलले करिब ५ सय मतकोे अग्रतामा जितेको बताईएको छ । यद्यपी निर्वाचन समितिले भने अन्तिम नतिजा सार्वजनिक गरेको छैन ।

स्ववियू सभापतिमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका शिव बहादुर खवासभन्दा करिब ५ सय बढी ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी सचिव पदमा निलकन्ठ पाण्डेय, कोषाध्यक्षमा शशांक बस्याल,सदस्यमा नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत विजयी भएका छन् ।

बुटवल क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।