१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने संसदको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुने भएको हो ।

यसअघि हिजो आइतबार बसेको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारीसमेत गराउनुभएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिन भन्दै बिहीबार नै पत्र दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ ।

गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका दाहालले पुस २६ मा विश्वासको मत लिनुभएको थियो । तर, राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने भएपछि एमालेले फागुन १५ गते समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो भने अर्को दल राप्रपा त्यसको दुई दिनअघि सरकारबाट बाहिरिएको थियो ।

१० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो ।

१० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन् ।