५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको पक्षमा कति आउला मत ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाकै अन्तरालमा दोस्रो पटक सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

गत १० पुसमा एमाले, माओवादीसहित ८ दलका १७९ जना सांसदहरूको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले २६ पुसमा विश्वासको मत लिनुभएको थियो । उहाँको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा दुई मत मात्रै परेको थियो ।

तर राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

सरकार बनेको तीन महिना पनि नपुग्दै प्रधानमन्त्रीले विश्वासको मत गुमाएकाले संविधानको धारा १०० बमोजिम प्रचण्डले पुनः कायम गर्न लाग्नुभएको हो । यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा एस र लोसपाले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

अहिलेको अवस्थामा प्रचण्ड सरकारलाई माओवादीसहित १० दलको समर्थन कायमै रहने भएकाले तत्काल ढल्नबाट जोगिएको छ । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, रास्वपासहितका १० दलको समर्थन कायमै रहेकाले तत्काल राहत मिलेको छ ।

यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको संसदको सबैभन्दा ठूलो दल कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । सत्ता समीकरणमा आकस्मिक फेरबदल नआएको खण्डमा प्रतिनिधिसभामा प्रचण्ड स्पष्ट बहुमतमा हुनुहुन्छ ।

गणतन्त्र स्थापनापछि विपक्षी दलकोसमेत विश्वासको मत पाउने पहिलो प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले योपटक एमाले, राप्रपासहितको मत गुमाउने हुनु भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ जना सांसद रहेका छन् ।

भ्रष्ट्राचार मुद्दामा पदमुक्त भएका मनाङका सांसद टेकबहादुर गुरुङ, नागरिकता प्रकरणमा पदमुक्त भएका चितवन–२ का सांसद रवि लामिछानेले विश्वासको मत दिन पाउनु हुने छैन ।

यसैगरी, तनहुँ–१ बाट निर्वाचित हुनुभएका रामचन्द्र पौडेल र बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः पदमुक्त भएपछि मत दिन पाउनुहुनेछैन । यसैगरी हत्या आरोपमा फरार रहेका महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी पनि विश्वासको मत दिन पाउने छैनन् ।

प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा कांग्रेसको ८७, माओवादी केन्द्रको ३२, रास्वपाको १९ र जसपाको १२ सांसद छन् भने नेकपा एसको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आजपाको एक/एक गरी सरकारको पक्षमा १७६ सिट रहेको छ ।

अर्कोतर्फ एमालेको ७९, राप्रपाको १४ र नेमकिपाको एक गरी ९४ सिट भने विपक्षमा रहेको छ ।