१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने राहदानी प्रकरण: मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणबारे मुद्दा चलाउन नपर्ने निर्णय काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरेको हो ।

लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय गरिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार लामिछानेले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू भेटिएनन् । मुद्दा चलाउन नपर्ने निर्णयको फाइल सदरका लागि जिल्ला सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालय पठाएको छ ।

उक्त निर्णयलाई उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ । महान्यायधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्ने छ ।

लामिछानेले यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उहाँमाथि मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौँ प्रहरीमा जाहेरी परेको थियो ।

तर काठमाडौँ जिल्ला सरकारी वकिल प्रमुख न्यौपानेले लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिए पनि त्यसको दुरुपयोग भएको नदेखिएको बताउनुभयो ।